१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पंक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै देउखुरी



लमही ।

पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ ।

देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् । केही दिनअघि मात्रै एक विदेशी नागरिक आएर त्यहाँका जलपक्षी तथा जङ्गली जनावरको अध्ययन गर्नुभएको थियो । अहिले नेपालका धेरै पक्षी तथा जनावर अध्ययनकर्ता देउखुरीमै आएका छन् ।

देउखुरी क्षेत्रमा ठूलो हिस्सा सामुदायिक वनक्षेत्रले ओगटेकाले विभिन्न प्रजातिका जीवजन्तु तथा पक्षीहरु पाइने देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत पुरन चौधरीले बताउनुभयो । ती जीवजन्तु तथा पक्षी अनुसन्धानका लागि विद्यार्थी, अनुसन्धानकर्ता आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार देउखुरी क्षेत्रको लमही नगरपालिकासहित राजपुर, राप्ती, गढवा गाउँपालिकामा अनुसन्धानका लागि आउने गरेका छन् ।

अहिले देउखुरीमा जलपक्षीदेखि लोपोन्मुख जनावरको खोज तथा अनुसन्धान भइरहेको छ । देउखुरी क्षेत्रमा फेला परेका लोपोन्मुख जनावरको थप अध्ययन भइरहेको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ३ : ४२ बजे