१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जैविक फोहरबाट बायोग्यास उत्पादन



नवलपरासी ।

पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ ।  रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभैँसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो ।

फोहरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ । यस्ता प्रकारको उद्योग मुलुकका सबै शहरमा आवश्यक रहेको उद्योग सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ ।

यदि यस प्रकारको प्लान्ट मुलुकका सबै शहरमा स्थापना गर्न सक्ने हो भने स्थानीय तहमा फोहर व्यवस्थापनलाई ठूलो सघाउ पुग्ने र हाल बजारमा रहेका अन्य ग्यासको विकल्पको रुपमा स्थापित हुनसक्ने सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ ।

करीब दुई बिघा क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा स्वचालित उपकरण जडित छन् । जसबाट मल फिट्ने, ग्यास बनाउने, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम हुने गर्दछ । अहिले प्रालिमा उत्पादित बायोग्यास रुपन्देही जिल्लाका विभिन्न ठूलाठूला होटलमा प्रयोग हुँदै आएको छ ।

यसको माग दिनप्रति दिन बढ्दै गएको प्रालिका प्लान्ट म्यानेजर सञ्जीव यादव बताउनुहुन्छ ।  कूल रु २२ करोडको लागतमा करीब एक वर्ष अघि निर्मित प्रालिमा ३७५० घनमिटर बायोग्यास प्लान्ट जडान गरी जैविक फोहरबाट बायोग्यास (बोटलिङ)  उत्पादन हुँदै आएकोे छ । (रासस)

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ३ : ४६ बजे