१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाँचीका वडाध्यक्ष भुसाल सम्पर्कमा 



अर्घाखाँची ।

अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर–२, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद)  हराएको एक सय दिन पछि सम्पर्कमा आउनु भएको छ  । शुक्रबार बिहान बुटवलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

उहाँ कहाँ र किन गएको भन्ने बारेमा जानकारी नगराएको तर आफू कुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताउनुभयो । उहाँ भारतमा गएर बसेको हुन सक्ने आंकलन गरिएको छ  । तर किन र केकोलागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन । पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भि्सिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क्विहीन हुनु भएको थियो ।  गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गएको भन्ने बारेमा थाहा हुन सकेको थिएन ।

प्रहरीले खोजी कार्य जारी राखेको थियो  । वडा अध्यक्षको  मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शासन्त बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो ।  तर उहाँ कहा गएको भनेर पत्ता लाग्न सकेको थिएन ।

फर्निचरका सामान खरिद गर्ने भन्ने पनि आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुरगञ्जको प्लाइ उद्योग, कृष्णनगर नाकाको सीसी क्यामेराको फुटेज, बुटवल, भैरहवा लगायत गोरुसिंगे–सन्धिखर्क सडकको जंगलहरुमा समेत खोजी गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन । अहिले सम्पर्कमा आएको गाँउलेले जानकारी गराएका छन् प्रहरी नायब उपरीक्षक नवराज मल्लले भन्नुभयो ।

विनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बस चालकमार्फत घरमा ल्याइएको थियो ।

पुस २ गते सन्धिखर्कदेखि गोरुसिंगेसम्मको झन्डै ३ घण्टाको समयमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र श्रीमतीसमेतले फोन गर्दासम्म वडा अध्यक्ष विनोदले फोन उठाउनु भएको थिएन ।

उहाँ तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडा अध्यक्षमा निर्वा्चित हुनु भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ७ : ०० बजे