१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

परीक्षा दिन नपाएपछि विद्यार्थीले गरे चक्का जाम



रौतहट ।

एसईईको शुक्रबार हुने समाजिक बिषयको प्रश्न पत्र परीक्षा अगाडी नै बाहिरिएपछि परिक्षा दिन नपाएका बिद्यार्थीहरुले शुक्रबार विहान रौतहटको चन्द्रनिगाहपुरमा चक्का जाम गरेका छन्।  परीक्षा केन्द्र पुगेर पनि परिक्षा दिन नपाएपछि आक्रोसित विद्यार्थीहरुले चन्द्रनिगाहपुर स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध गरेका थिए। आन्दोलित विद्यार्थीहरुले करिब आधा घण्टा सवारी आवत जावतलाइ प्रभावित बनाएका थिए। परीक्षा अगाडी नै प्रश्न पत्र बाहिर गर्ने जो कोहीलाई राज्यले कार्वाही गर्नुपर्ने अन्दोलनमा सहभागी विद्यार्थी बिबेक मिश्रले बताए।

यसरी कसैलाइ पनि विद्यार्थीको भबिष्य माथि खेलवाड गर्ने छुट नभएको अर्का बिद्यार्थी सारिका चौलागाइले बताइन।  ‘दोषीलाई कार्वाही गर, परीक्षालाई खेलावाड गर्न पाइदैन ’भन्ने नारा सहित ठुलो संख्याका बिद्यार्थीहरु आन्दोलित भएका थिए। बिद्यार्थीहरुको आन्दोलनलाई जन ज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरको स्वबियुले साथ दिएको थियो । परीक्षार्थी माथि यसरी खेलवाड गर्नु लजास्पद कुरा भएको स्वबियु सभापति संगम श्रेष्ठले बताए।

हिजो बिहीबार मात्रै बिज्ञान बिषयको परीक्षा दिएर पनि परिक्षा रद्ध भएको खबर सुनेको परिक्षर्थीले आजको समाजिक बिषयको पनि परिक्षा रद्ध भएपछि आक्रोति हुन पुगे।  स्थगित भएको बिज्ञान बिषय र समाजिक बिषयको परिक्षा परीक्षा अब चैत २२ र २३ गते हुनेछ। प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो। सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ७ : २२ बजे