६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

विप्लवनिकट शिक्षक कपिलवस्तुबाट पक्राउ



बुटवल ।
प्रहरीले बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खोज अभियान तिब्र पारेको छ । ठाउ ठाउबाट बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ परिरहेको बेला बिप्लव निकटको शिक्षक संगठानका जिल्ला अध्यक्षहरु पनि पक्राउ पर्न थालेका छन ।
रुपन्देही प्रहरीले अस्ति अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरी हिजो अदातलमा मुद्धा दायर गरेको छ ।
आज कपिलवस्तु प्रहरीले अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष राम निवास चौहानलाई पक्राउ गरेको छ । चौहानलाई एसईई परिक्षमा अनुगमनमा खटिएको बेला प्रहरीले पक्राउ गरेको संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले जानकारी दिनुभयो ।
परीक्षामा अनुगमन गर्न गरेको अवस्थामा शिक्षकलाई पक्राउ गर्नु दुखद र निन्दनीय भएको अध्यक्ष पाठकले बताउनु भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ८ : ३३ बजे