१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विप्लवको कार्यालय ‘रातो घर’ मा प्रहरीले डोजर चलायो



बुटवल ।
रुपेन्देहीस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो ।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । उक्त दुईतर्ले रातो घर’ अहिले प्रहरीले भत्काइरहेको छ । प्रहरीले सो पार्टीलाई राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको आरोप लगाएको छ ।

सुरुमा तत्कालीन नेकपा माओवादीको कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले अहिले सो भवन भत्काउँदै गरिएको रातोपाटीलाई बताए । उनले शुक्रबार साँझसम्म सम्पूर्ण भवन भत्काइसक्ने जानकारी दिए । भवन भत्काउनका लागि विभिन्न ठाउँबाट डोजरहरु झिकाइएको समेत उनले बताए । -तस्बीर रातोपाटी

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  १० : ०१ बजे