१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एसईई परिक्षाः प्रदेश दुईमा चैत २१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित



काठमाण्डौ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरताका साथ हेरेको बताउनु भएको छ ।

शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको पनि मन्त्री पोखरेलले बताउनुभयो । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि उहाँले बताउनुभयो । २०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  २ : ४० बजे