२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

छोरीको स्मृतिमा अक्षयकोष



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ निवासि जयलाल भण्डारीले आफनी छोरीको स्मृतिमा अक्षयकोषको स्थापना गरेका छन ।

वडा नं. स्थित कपिलवस्तु प्राथमिक बिद्यालयमा रहेका गरिव जेहेन्दार बिद्यार्थीहरुका लागि उनले छोरी कमला भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन ।

रु. एक लाख एक हजारको बार्षिक ब्याजबाट बिद्यालयमा रहेका गरिव जेहेन्दार बिद्यार्थीलाई पाठ्यपुस्तक कापी तथा कलम बितरण गर्ने सोचले छोरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको कपिलवस्तु प्राविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भण्डारीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  ३ : ५५ बजे