८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राष्ट्रपति भण्डारी चीनको सियानमा



काठमाडौं ।
राष्ट्रपति विद्यादेवि भण्डारी चीनको सियान पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई चिनीया उच्च अधिकारी स्वागत गरेका थिए। दुई दिनमा सियानमा रहेर राष्ट्रपति भण्डारी शुक्रबार बेइजिङ पुग्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन्। बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। चिनिया राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। सान्सी प्रान्तको राजधानी सियान हुँदै जाने राष्ट्रपतिले फर्कंदा ल्हासाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन्। युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन्।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ४ : ३९ बजे