८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भूकम्प गएको चार वर्ष पूरा, पूर्ननिर्माण धिमा गतिमा



काठमाडौँ – ठूलो मात्रामा जनधनको क्षति गराएको भूकम्प गएको चार वर्ष पूरा भएको छ । चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण काडमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भयो । झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परे ।
भूकम्पमा परि कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते भए । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धा्रित लक्ष्य अनुसार काम हुन सकेन ।निजी आवस निमार्ण तर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्तानको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यस्तै सात लाख ६० हजार २७९ जनासँग अनुदान सम्झौता भएकोमा पहिलो किस्ता लिनेको संख्या सात लाख ५५ हजार ८६८ र दोस्रो किस्ता पाउनेको संख्या पाँच लाख ६४ हजार ३४२ रहेको छ । केहीको गुनासो सुनुवाई भएको छ भने केहीको गुनासो अझै पनि गुनासोमै छ । अहिले पनि गुनासो संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।सम्पदा पुनर्निर्माणमा भने ढिलाई भएको छ । अहिलेसम्म एकादुई बाहेक सम्पदाको काम सकिएको छैन । किचलोका कारण काम नै रोकिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  ७ : ४८ बजे