३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

रोल्पामा फेरि बम बिस्फोट, मुख्यमन्त्री पोखरेल सकुशल !



रोल्पा ।
रोल्पामा मंगलबार फेरि बम बिस्फोट भएको छ। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजे तिर बम बिस्फोट भएको प्रहरीले बताएको छ । मानविय क्षति भने नभएको बताईएको छ।
मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा बमबिस्फोट भएको हो । सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ ।
रोल्पामा सोमबार भएको बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइ सकेको छ । तर आज पनि विम्लव समुहले नै बम प्रहार गरेको हो भन्ने प्रहरीले शंका गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ६ : १५ बजे