१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्रिकेट खेलाडी खड्कालाई शिवराज नगरपालिकाले गर्‍यो सम्मान



चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले क्रिकेट खेलाडी दिपक खड्कालाई सम्मान गरेको छ ।

शिवराज नगर प्रमुख अजय थापाले फूलमाला र खादा ओढाएर खड्कालाई सम्मान गरेका हुन् । यस्तै नगर उप-प्रमुख शिव कुमारी थारुले पनि खड्कालाई नगरपालिकामा सम्मान गरेकी छन् ।

भारतको आगरामा सम्पन्न भएको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेर गृह नगर फर्किएपछि खड्कालाई सम्मान गरिएको छ । खड्का नगरपालिकामा कार्यरत एक कुशल कर्मचारी पनि हुन् ।

नगर प्रमुख अजय थापाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबीच भएको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालको तर्फबाट सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको भन्दै दिपक खड्कालाई नगरपालिकाले सम्मान र स्वागत गरेको बताए ।

यस्तै नगर उप-प्रमुख शिव कुमारी थारुले यस खेलले अपाङ्गता भएका व्यक्तिहरुको मनोबल बढाउनुको साथै खेलप्रति प्रोत्साहित गर्न टेवा पुगेको भन्दै सबैको चाँसोको विषय बनेको बताइन् ।

खड्काले नेपाल र भारतबीचको पहिलो टेस्टमा पनि डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण ४ विकेट लिएका थिए । खड्का जिल्लाको शिवराज नगरपालिकाको वडा नम्बर २ बालापुरका निवासी हुन् ।

सबैका लागि राष्ट्रिय अपाङ्गता खेलकुद संगठन नेपाल र टिम म्यानेजर ललन चौरसियाको नेतृत्वमा नेपाली टिम भारत गएको हो ।

प्रकाशित मिति : १८ पुस २०८० बुधबार ००:००  ८ : २४ बजे