३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

सुनिता थारु हत्याकाण्डको अनुसन्धान कस्तो भैरहेको छ ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ८ बालापुर घर भएकी सुनिता थारुको हत्याका मुख्य अभियुक्त नविन थारु रहेका छन् । आइतबार राति भएको घटना पछिको निरन्तर छानविनले सुनिताका श्रीमान दोषी नभई उनका साथी नविन नै प्रमुख दोषी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हत्यामा संलग्न भएको आसंकामा आइतबार विहान नै तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले निरन्तर छानबिन गरिरहेको छ । सुरुमा छिमेकी र स्थानीयले सुनिताको हत्या उनका श्रीमान सुरेश थारुबाट भएको बताइए पनि पछिल्लो अनुसन्धानले सो कुरा बताएको हो ।
सुनिताका श्रीमान सुरेश थारुका साथी नविनले आफैले घटना घटाएको स्विकार गरेको हुनाले अन्यथा नबुझ्न प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । प्रहरीसंग बयानको क्रममा मुख्य अभियुक्त नविनले आफूले करणी प्रयास गर्दा सुनिताले नमानेपछि आफूले हत्या गरेको बताएका छन् ।
यद्यपी घटनाको बारेमा भने अनुसन्धान जारी रहेको पुडासैनीले बताउनुभयो । अब केही कुराको छानबीन बाँकी रहेको हुँदा एक दुई दिनमा अभियुक्तलाई काराहीको लागि अदालतमा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ११ : ३८ बजे