८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बर्ड फ्लुबाट जोगिने उपाय



काठमाण्डौ ।
– नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने।
– व्यक्तिगत सरसफाईमा ध्यान दिने।
– आफ्नो वरिपरिको वतावरण सफा राख्ने।
– बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने।
– प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
– बच्चाहरालई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।

– कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खुला नाक मुख गरी मासु चलाउन हुँदैन। कम्तीमा पनिहातमा पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ।यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिउका भाँडाकुँडा, ओजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो

– कुखुराको मासु राम्ररी पकाएर खाने ९कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ०
– जंगली तथा घरपालुवा पक्षी मरकेो वा बिरामी भएको देखिएमा नजिकको पशुस्वासथ्यकर्मि पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।
– इन्फ्लुएन्जकाके कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।
– मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाड्ने प्रबन्ध मिलाउने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  १२ : ०५ बजे