७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

३ लाख घुससहित उच्च अदालत तुल्सीपुरका नासु पक्राउ



काठमाडौं ।
तीन लाख रुपैयाँ घुस रकमसहित उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत एक नायव सुब्बा पक्राउ परेका छन्।
टाइपिस्ट नासु कृष्णकुमार पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनलाई सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चारबाहिनी चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  १२ : ३० बजे