५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

के हो ब्रेन ट्युमर ? यस्ता हुन्छन् लक्षण



काठमाडौं ।
ब्रेन ट्युमरलाई आजभोली सामान्य रुपमा लिन थालिएको छ । समाजमा ब्रेन ट्युमरबाट धेरैजना पीडित भएको सुन्न पाइन्छ । ब्रेन ट्यूमर मस्तिस्कमा मासु पलाउने एक खतरनाक रोग हो । तर, समयमै उपचार भएमा यो निको हुन सक्छ । विशेषगरी ब्रेन ट्युमर भएमा मस्तिष्कका कोषिकाहरु असामान्य रुपमा वढ्न थाल्छन् । जसका कारण अन्य कोषिकालाई असर पर्छ ।
ब्रेन ट्युमर हुने खास कुनै कारण हुँदैन । ब्रेन ट्युमर वंशानुगत कारणले पनि हुनसक्छ भने कुनै रेडिएसनमा एक्सपोज हुनाले पनि हुन सक्छ । कतिपय अबस्थामा मानिसलाई ब्रेन ट्युमर भएको समेत थाहा हुँदैन ।
यी हुन् ब्रेन ट्युमरका लक्षण
टाउको दुख्नु नै ब्रेन ट्युमरको पहिलो र समान्य लक्षण हो। सुरुसुरुमा विहानको समयमा वढी दुख्ने र पछि गएर लगातार दुख्ने हुन्छ । कतिपय अबस्थामा अत्यधिक टाउको दुखाइएको कारण मानिसले आफ्नो मानसिक सन्तुलन पनि गुमाउन सक्छ ।
त्यसैगरी स्मरण शक्तिमा कमी, स्वभावमा असामान्य परिवर्तन, कमजोर महशसुस, बान्ता हुनु पनि ब्रेन ट्युमरका लक्षणहरु हुन् ।
कसरी हुन्छ उपचार ?
ब्रेन ट्युमरको उपचार पद्धति भनेको शल्यक्रिया नै हो । मस्तिस्कमा अनावश्यक रुपमा पलाएको मासुलाई काटेर फलेमा मात्र यो रोग पूर्ण रुपमा निको हुनसक्छ । यस बाहेक किमोथेरापी, रेडिएसनथेरापी पद्धतिबाट पनि ब्रेन ट्युमरको उपचार गर्न सकिन्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६ बुधबार ००:००  १२ : १९ बजे