५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

यस्ता छन् दालचिनीका फाइदा,



काठमाडौं ।
तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसलाई बासनादार मसालाको रूपमा प्रयोग गरिन्छ ।
घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप नाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ ।
जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी तथा ज्वरो ठीक हुन्छ ।
दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६ बिहिबार ००:००  २ : ०९ बजे