९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

हुवावेका फोनमा जिमेल र युट्युब नचल्ने



एजेन्सी ।

चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटहरूमा अब जिमेल, युट्युब, गुगल म्यापजस्ता एप्सहरू नचल्ने भएको छ। ट्रम्प प्रशासनले चिनियाँ कम्पनीमाथि कडाइ गरेका कारण गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएको हो। हुवावेले व्यापारका लागि अमेरिकी अनुमति नपाएसम्म यो रोक कायम रहनेछ। यो निर्णयबाट हुवावेका प्रयोगकर्ताहरू मर्कामा पर्नेछन् भने हुवावले पश्चिमा देशहरूमा ठूलो व्यापार घाटा बेहोर्नुपर्नेछ। पुराना सेटहरूमा भने सबै सेवा यथावत रहने बताइएको छ। समाचार तयार पार्दासम्म हुवावेको प्रतिक्रिया आएको छैन। यद्यपि हुवावेका प्रमुख कार्यकारी रेन जेङफेइले गत शनिबार एक वक्तव्य दिँदै ुकठिन स्थिति आउनसक्नेबारे आफूहरू सचेत रहेकोु बताएका थिए। हुवावेले यसअघि टेलिफोन अपरेटिङ सिस्टमको कारोबारमा यस्तै समस्याको सामना गरेको थियो। अमेरिकाले हुवावे कम्पनीले चीनको पक्षमा जासुसी गरेको शंका गरेको छ। हुवावेका प्रमुखले कम्पनीलाई चीन सरकारसँग जोडेर नहेर्न अनुरोध गर्दै हुवावे एक स्वायत्त र स्वतन्त्र संस्था भएको दाबी गरेका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  ११ : २५ बजे