५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मृगौला स्वस्थ्य राख्ने यस्ता छन् १० उपाय



काठमाडौं ।
खानपान र जीवनशैलीमा ध्यानमा नदिँदा पछिल्लो समय मृगौलाको जोखिम बढिरहेको पाइएको छ ।
वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. शक्तिबहादुर बस्नेतले पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनले मृगौलाको समस्या बढी देखिने गरेको बताए । उनले भने “मृगौला रोग लागेर बढी खर्च गर्नुभन्दा यो रोग लाग्न नै नदिने विषय उत्तम उपाय हो ।”
मिर्गौला स्वस्थ राख्ने उपाय
१. दैनिक कम्तीमा १० हजार पाइला हिँड्ने ।
२. आफूखुसी दुखाई कम गर्ने औषधि प्रयोग नगर्ने ।
३. नियमित व्यायाम गर्ने ।
४. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
५. हरेक दिन तीन लिटर पानी पिउँने ।
६. उच्चरक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
७. तौल नियन्त्रण गर्ने ।
८. स्वस्थ्य र पोषिलो खानेकुरा खाने ।
९. नुन र चिनि भएका खानेकुरा बढी नखाने ।
१०. हरेक वर्ष मृगौलाको परीक्षण गर्ने ।
११. हरेक वर्ष पिसाब र रगत परीक्षण गर्ने (यो परिक्षण गर्दा जुनसुकै रोग लाग्न लागेको थाहा हुन्छ) ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  ६ : ५७ बजे