९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

म्यासेन्जरबाट महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ



पर्वत ।
सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका(६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन्। नेपाली नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेकोमा मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  २ : ५३ बजे