५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ



काठमाडौं ।
काठमाडौंको ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको टोलीले मोटरसाइकलमा राखिएको १५ केजी चरेससहित तीन जनलाई पक्राऊ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका दिनेश कार्की,सुनिता तिमिल्सिना, विश्वास थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गाराए । बोगटीकै नेतृत्वमा बुधवार पक्राऊ गरिएको हो। ढुंगे अड्डा कलंकीबाट थप छानबिन भइरहेको जानकारी गराइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  १ : ०९ बजे