९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

भारतीय कांग्रेसका नेता रतन सि‌ंहको हृदयाघातका कारण निधन



एजेन्सी ।
मतगणना जारी रहँदा मध्य प्रदेशको भोपालमा कांग्रेसका सेहोर जिल्ला प्रमुख रतन सिंहको बिहीबार दिउँसो हृदयाघातका कारण निधन भएको छ। मतगणनास्थलमा नतिजाबारे जानकारी लिने क्रममा छाती दुखेपछि उनको हृदयाघातका कारण निधन भएको हो।

भारतीय लोकसभा निर्वाचनमा कांग्रेसहित ऊ नेतृत्वको गठबन्धनले अहिलेसम्मको मतगणनाअनुसार ८४ सिटमा मात्र अग्रता लिइरहेको छ।

मध्यप्रदेशमा केहीअघि भएको विधानसभा निर्वाचनमा कांग्रेसले सरकार बनाएको थियो। यद्यपि बिजेपी नेतृत्वको गठबन्धनले भारी सिटमा अग्रता लिँदै सरकार निर्माणको जनमत हासिल गरेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  १ : ४७ बजे