८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पोखरामा ठूलो परिमाणको लागुऔषधसहित सातजना पक्राउ



पोखरा ।
कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित सातजनालाई पक्राउ गरेको छ। पोखराको पृथ्वीचोकको एक होटलबाट लागु औषध विक्रि वितरण गरिरहेको समयमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा चार जना पोखराकै र तीन जना रुपन्देही धगधगीका रहेका छन्। रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षीय रामवृक्ष कोहार, ४० वर्षीय तेतरी कोहार र सोनमक कोहार त्यस्तै पोखरा महानगरपालिका १ का २६ वर्षीय अनिल गुरुङ, पोखरा २८ का २० वर्षीय शुक्रराज सुनार, पोखरा १३ का ४४ वर्षीय विक्रम विक , पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङ रहेको कास्की प्रहरी प्रवत्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। सादा पोसाकमा खटिएका प्रहरी निरिक्षक सागर पन्तको कमाण्डले उक्त लागुऔषध बरामद गरेको हो। उनीहरुको साथबाट बुर्फिनर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१, फेनेरागन ३ सय ४१ थान तथा नाइट्रोसन १ सय चक्की बरामद गरेको प्रहरीले जनाएको छ। यो समूहमार्फत पोखरामा लागू औषध भित्र्याउनको लागी पोखराका ड्रक्स डिलरहरुले बोर्डर जिल्लाहरुमा आइएमइ गरी पैसा पठाउने गरेको अनुसन्धानपछि खुलेको छ। उनीहरुले क्यारीयरको प्रयोग गरी लागुऔषध पोखरा भित्र्याउने गरेको पनि अनुसन्धानमा खुलेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  ४ : ५६ बजे