१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्राथमिक विद्यालय इमिलियामा सम्मान कार्यक्रम



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउपालिका वडा नम्बर १ मा अवस्थित प्राथमिक विद्यालय इमिलियामा शिक्षक अभिभावक तथा बालबालिका सरोकार समुहका सदस्यलाई सम्मान गरिएको छ ।
विद्यालयको आयोजना युरोपियन यूनियन वि वल्र्ड अनलसको आर्थिक सहयोग, ग्लोबल एक्सन नेपाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आर्थिक सहयोगमा संचालित पिक परियोना अन्तरगत कार्यक्रम गरिएको हो । कार्यक्रममा ग्लोबल एक्सन नेपालको उत्प्रेरणाका कारण वडा नम्बर १ का वडा अध्यक्ष हरिगोविन्द चौधरीले विद्यालयलाई सहयोग गर्नुभएको छ ।
अध्यक्ष चौधरीले ब्यक्तीगत तर्फबाट विद्यालयलाई ५ सेट पंखा प्रदान गर्नुभएको हो । उहाले ३ सेट पंखा आज एक कार्यक्रमका विच प्रदान गर्नुभयो भने २ सेट पछि प्रदान गर्ने जनाउनुभएको छ । कार्यक्रममा बोल्दे बक्ताले वडा अध्यक्षको काम स्रहानिय रहेको भन्दै प्रशंसा गरेका थिए ।
विद्यालयका प्रधानध्यापक गोविन्दसरण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरिगोविन्द चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी गाउँपालिका शिक्षा शाखा प्रमुख अमिन प्रसाद कुर्मीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा राम मिलन प्रसाद कोहारले स्वागत मन्तब्य राख्नुभएको थियो कार्यक्रमको सञ्चालन ग्लोब एक्सन नेपालकी श्रोत प्रशिक्षक गीता अर्यालले गर्नुभएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  ९ : ४८ बजे