२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

तराईँमा तापक्रम अझै बढ्ने अनुमान, गर्मीबाट कसरी बच्ने ?



काठमाडौँ ।
अबका केही दिन नेपालको पश्चिम तराईँको तापक्रम थप वृद्धि हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम वृद्धि हुँदा तातो हावा चल्न सक्ने भएकोले सावधानी अपनाउन र सचेत रहन पनि आग्रह गरिएको छ ।

विज्ञहरुका अनुसार गर्मीबाट बच्ने उपायहरु

-अति आवश्यक काममा मात्र घरबाहिर निस्कने, सकेसम्म छाता बोकेर निस्कने

-भरसक सेतो, पातलो र हलुका लुगा लगाउने

-गर्मी मौसममा घर बाहिर धेरै डुल्ने, खेल्ने काम नगर्ने

-सकेसम्म मध्यान्ह तथा अत्यधिक घाममा बढी काम नगर्ने र समय–समयमा आराम गर्ने

-चिसो पानी तथा पेय पदार्थ प्रशस्त पिउने । पिउने पानी साथमा बोक्ने

-घर बाहिर बस्दा रूखको छहारी जस्ता शितल ठाउँ रोज्ने

-फलफूल, काक्रा, खरबुजा, हरियो सागपात, झोलपदार्थ प्रशस्त खाने

-झाडापखाला, आउँ जस्ता रोगबाट बच्न पानी तताएर चिस्याई पिउने

-खाना खानुअघि र फोहोर छोएपछि सधैँ साबुनपानीले हात धुने

-आफ्नो घर वरिपरी सधैँ सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी भए पुर्ने

-चिसो हावा चल्ने तर सुरक्षित ठाउँमा सुत्ने

-विरामी परे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गर्ने

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  २ : ०३ बजे