८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र श्रीलंका भिड्दै



काठमाडौं ।

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

पछिल्लो समयको प्रदर्शनलाई हेर्ने हो भने श्रीलंकाको निराशाजनक प्रदर्शन छ । विश्वकपअघि भएका सिरिजमा एकपछि अर्को खेलमा हार ब्यहोर्दै आएको श्रीलंका विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ । विश्व चर्चित खेलाडी, अनुभवी ब्याट्सम्यान र उत्कृष्ट बलर भएपनि टिम सन्तुलन नहुँदा सोचे अनुरुपको नतिजा ल्याउन श्रीलंका चुकी रहेको छ ।

यता, न्युजिल्यान्ड भने लयमा छ । यो पटक विश्वकप उपाधिको प्रमुख दाबेदारको रुपमा न्युजिल्यान्डलाई हेरिएको छ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डमा मार्टिन गुप्टिल, ट्रेन्ट बोल्ट, कोलिन मुनरो, रोस टायलर जस्ता राम्रा खेलाडी छन् ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन ९कप्तान०, मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी र्फगुसन र इश सोधी ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने कप्तान, धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिस्का फर्नान्डो, सुरंगा लकमाल, लासिथ मालिंगा, एन्जेलो माथेवस, कुसल मेन्दिस, जीवन मेन्दिस, कुसल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उदना, जेफ्रेय भन्दरसय ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : ४३ बजे