४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रोमाञ्चक बन्दै विश्वकप : न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो



एजेन्सी ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्डले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा श्रीलंकलाई १० विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा विना विकेट १ सय ३७ रन पूरा र्गयो ।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र कोलिन मुन्राले नट आउट अर्धशतकीय पारी खेले । ५१ बल खेलेका मार्टिनले ८ चौका र २ छक्काको सहयोगमा ७३ रन बनाए । त्यस्तै ४७ बल खेलेका कोलिनले ६ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने नट आउट अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ४ चौकाको सहयोगमा ५० रन बनाएका हुन् । त्यस्तै कुसल परेराले २९ रन जोड्दा फिसरा परेराले २७ रन जोडे ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १० : २० बजे