२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

अ‍‍‍फगानिस्तानमाथि अष्ट्रेलियाको सहज जित, वार्नर शतक बनाउनबाट चुके



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको चौथो खेलमा अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध सहज जित निकालेको छ ।

शनिबार बे्रस्ट्रोल कन्ट्री ग्राउन्डमा सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ५ बलमा ३ विकेट गुमाउँदै २ सय ९ रन पूरा गरेको थियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नर र कप्तान एरोन फिंच अर्धशतकीय पारी खेले । १ सय १४ बल खेलेका वार्नरले ८ चौकाको सहयोगमा ८९ रन बनाएका थिए । त्यस्तै ४९ बल खेलेका फिंचले ६ चौका र ४ चौकाको सहयोगमा ६६ रन जोडे । ओपनरमा आएका फिंच अफगानिस्तानका कप्तान गुल्बदीनको बलमा मुजीब उर्रहमानले क्याच आउट बनाएका थिए । अफगानिस्तानका लागि स्टिभ स्मिथले १८ रन जोड्दा र उश्मान ख्वाजा १५ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि गुल्बदीन नइब, मुजेब उरहेमान र रशिद खानले समान एक–एक विकेट लिँदा त्यस बाहेकका बलरले विकेट झार्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ दशमलव २ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले अर्धशतक बनाए । ४९ बल खेलेका उनले ७ चौका र ६ छक्काको मदतमा ५१ रन रन बनाए । अफगानिस्तानको इनिङसलाई सम्हालेका उनी स्टोनिसको बलमा एलेक्समार्फत क्याच भए ।

ओपनर मोहमद शेहजाद र जजाई खाता नै नखोली पवेलियन फर्किपछि दबाबमा परेका अफगानस्तानलाई रहमत साह र हाश्मतुल्लाह सहिदीले केही उकासेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रहमतले जाम्पाको बलमा स्मिथमार्फत क्याच हुनुअघि ४३ रन बनाएका थिए । ६० बल खेलेका उनले ६ चौका प्रहार गरे । हाश्मतुल्लाहले १८ रनको योगदान दिए । उनी पनि जाम्पाको बलमा एलेक्समार्फत आउट भएका थिए ।

मोहमद नाबि ७ रनमा रनआउटको शिकार हुँदा कप्तान गुल्बदीन नइबले ३१ रन जोडे । ४ चौका र १ छक्का प्रहार गरेका उनी स्टोनिसको बलमा एलेक्समार्फत क्याच भए । रासिद खानले अफगानस्तालाई गतिलो रनतर्फ र्डोयाए । जाम्पाको बलमा एलबिडब्लु धरापमा पर्नुअघि रासिदले ११ बलमा २ चौका र ३ छक्काको मदतमा २७ रन बनाउँदा दवलत जद्रान ४ रनमा कुमिन्सको शिकार भए । मुजिब रहमान १३ रनमा आउट हुँदा विश्वकपमा डेब्यु गरेको युवा स्टार हमिद हसन १ रनमा अबिजित रहे ।

अष्टेलियाका लागि एडम जाम्पा र प्याट कुमिन्सले समान तीन–तीन विकेट लिए । मार्कुस स्टोनिस दुई विकेट लिँदा मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ६ : २५ बजे