२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

प्रदेश ५ सरकारले दियो दुधमा अनुदान



बुटवल ।

पाँच नम्बर प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले उत्पादनमा आधारित दुधमा अनुदान प्रदान गरेको छ ।

पहिलो पटक यस क्षेत्रमा दुध उत्पादन गरिएको परिणामको आधारमा नगद अनुदान प्रदान गर्ने निर्णय गरेसंगै मन्त्रालयले शनिबार एक कार्यक्रमको आयोजना गरी अढाई करोडको अनुदान प्रदान गरेको हो ।

प्रदेश नम्बर ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र पशुपंक्षि तथा मत्स्य विकासको आयोजनामा २६ वटा कृषक समुह तथा सहकारीहरु लाई उत्पादनमा आधारित नगद अनुदान प्रदान गरेको छ ।

१२१ वटा समुह, सहकारी र फर्मलाई यातायातको साधन पिक अफ भ्यान समेत गरी मन्त्रालयले अढाई करोड रुपैया बराबरको प्रदान गरेको हो ।

व्यवसायीक फर्म तथा सहकारीका लागि पिक अफ सवारी र उत्पादनमा आधारित(दुध) किसान तथा सहकारी समुहलाई नगद चेक मुख्यमन्त्री शंकर पोखरेलले प्रदान गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ४५ बजे