८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

माटोको अवस्था सुधार गर्न वाणगंगाका किसानद्वारा कृषि चुनको प्रयोग



मायादेवी अनलाइन, वाणगंगा ।
माटोमा बढ्दै गइरहेको अम्लीयपनाका कारण माटोको उर्वराशक्ति ह्रास हुँदै जान थालेपछि कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका किसानले रासायनिक मल प्रयोगलाई घटाउँदै कृषि चुनको प्रयोग गर्न थालेका छन् ।
माटोको अवस्था सुधार गर्ने उद्देश्यले कृषि बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकरण आयोजना धान जोन कपिलवस्तुको ५० कृषि बहुउद्देश्यीय सहकारी संस्थाले ५० गरि सय प्रतिशत अनुदानमा सहकारी पसल मार्फत किसानलाई कृषि चुन उपलब्ध गराएपछि कृषि चुनको प्रयोग बढ्न थालेको हो ।
अम्लीयपना घटाएर उर्वराशक्ति ह्रास हुन नदिन किसानले चुन लगेर प्रयोग थालेका हुन् । गत वर्ष यस क्षेत्रमा माटो परिक्षण गर्दा अम्लीयपना बढी पाइएकाले प्राविधिकले कृषि चुन प्रयोग गर्न सल्लाह दिएका थिए ।

सोही बमोजिम कृषि बहुउद्देश्यीय सहकारी संस्थाले सत-प्रतिशत अनुदानमा किसानलाई कृषि चुन उपलब्ध गराएको हो ।सेयर धनि किसानलाई आफनै सुपथ मुल्यको सहकारी पसलबाट निशुल्क चुन उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  ४ : ३६ बजे