१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कर्मचारी भनेका शासक हुन् भन्ने एकताका थियो, अहिले छैन् : मेघनाथ पाध्या (भिडियो)



मायादेवी अनलाइन, बुद्धभूमि ।
मेघनाथ पाध्या । बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत । नेपाल सरकारका उपसचिवस्तरका कर्मचारी । पाध्या कपिलवस्तुमा लामो समय देखि सरकारी कर्मचारीको रुपबाट जनताको सेवामा तत्लिन हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय तौलिहवामा शाखा अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी भई काम गरिसक्नुभएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्रमुख भएर झण्डै दुई बर्ष सेवा गर्नुभयो । अहिले बुद्धभूमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हुनुहुन्छ ।
देशमा अहिले नेकपाको स्पष्ट बहुमत छ । देशमा राजनीतिक अस्थिरताको कारण सोचेजस्तो विकास हुन् सकेन् । यसभन्दा अगाडीका चुनावमा कुनै दलको स्पष्ट बहुमत थिएन । मिलिजुली दलहरुले सरकार चलाए । सरकार नौं नौं महिनामा परिवर्तन भए । जनता यसले आजित बने ।
अहिले संविधान जारी भएसंगै देशमा तीन तहको निर्वाचन भयो । स्थानीय, प्रदेश र संघका प्रतिनिधि बनाएर जनताले पठाए । तीन सरकार मध्ये केन्द्र र प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत छ । स्थानीय तहमा पनि नेकपाकै बर्चश्व छ ।
राजनीति दलले स्पष्ट बहुमत ल्याएर सरकार चलाए पनि जनताको काम उहि पुरानै शैलीबाट हुँदै आएको छ । अझ देशमा भष्ट्रचार बढेको विभिन्न तथ्याङ्कले देखाउँछ । जनताको काम छिटोछरितो हुन नसक्नुको प्रमुख कारण कर्मचारी हुन भन्नेहरु छन् । देशका स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले किन जनतालाई बुज्न सक्दैनन् ? किन जनतालाई कर्मचारीले दुःख दिन्छन् ? भष्ट्रचारमा किन बृद्धि भैरहेको छ ? यहि सेरोफेरोमा आधारित रहेर मायादेवी टिभी र मायादेवी अनलाइन डटकमका लागि मेघनाथ पाध्यासंग कुराकानी गरेका छौं ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ०१ बजे