६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कतारमा कामदारलाई घाममा काम लगाउन नपाइने



दोहा ।

कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ। खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरूमा जुन १५ देखि अगष्ट ३१ सम्मका लागि काम गर्ने समयसीमा तोकेको हो। खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ।

यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११ः३० बजेदेखि अपराह्न ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ। साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्नेगरी टाँसिएको हुनुपर्नेसमेत मन्त्रालयले जनाएको छ। नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिनासम्मको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  २ : ०९ बजे