२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

गर्मीमा फ्रिजको पानीः स्वास्थ्यको लागि बन्नेछ घातक



काठमाण्डौ ।
हिजो आज गर्मी निक्कै बढेको छ । बढ्दो गर्मीसँगै हामीले फ्रिजको चिसो खानेकुरा खाने गरेका छौ । क्षणिक अवधिका लागि त यो राम्रो होला तर, स्वास्थ्यका लागि भने गम्भीर असर पर्ने देखिएको छ । त्यसैले चिकित्सकहरुले पनि फ्रिजको चिसो पानी नपिउन सल्लाह दिँदै चिसो पानीले मुटुलाई असर गर्ने तथा अन्य समस्या उत्पन्न हुने बताएका छन् ।

के हुन्छ चिसो पानीले थाहा पाउनुहोस ५ कारण

मुटुमा समस्या
चिसो पानीले मुटुको गति कम पार्छ । जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति नियमित भन्दा कम हुने मुटु विशेषज्ञहरु बताउँछन् । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

घाँटीमा पीडा
धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्रायस् टन्सिलको समस्या देखिने गरेको छ । त्यसैले घाँटीलाई स्वस्थ राख्न चिसोबाट जोगिनु पर्छ ।

तौल बढाउँछ

खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

शरीरको तापक्रम घटबढ

शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

पाचनमा असर

बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  १० : ३० बजे