२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

अज्ञात समूहले लगायो वडा कार्यालयमा आगो



सल्यान ।
अज्ञात समूहले सल्यानको एक वडा कार्यालयमा आगजनी गरेको छ। छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा सोमबार राति आगजनी भएको हो ।
आगजनीबाट छत्रेश्वरी गाउँपालिका –३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्।
अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पुर्ण सामना जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको लुहाम प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  १ : २० बजे