पाँच बर्षमा १ सय किलोमिटर बाटो पक्की बनाउँछु : गोपाल बहादुर थापा (भिडियो)


विजयनगर गाउँपालिका । कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित यो गाउँपालिका विकासको दृष्टिकोणमा सबैभन्दा पछाडी छ । वरिपरी नगरपालिकाले घेरिएको यो गाउँपालिका पश्चिमी क्षेत्रको एक मात्र गाउँपालिका हो । साविकका ४ गाविस मिलेर बनेको गाउँपालिकामा जनप्रतिनिधि आएसंगै विकास निर्माणले तीव्रता पाइरहेको छ । जनप्रतिनिधि आउनुपूर्व गाउँपालिका भित्र कुनै बाटो पक्की थिएन् । अधिकांश स्थानमा विजुलीको पहुँच थिएन् । सिंचाइको ठूलै समस्या थियो । मानव विकास सूचकाङ्कमा पनि प्रदेश नं. ५ मै पछाडी थियो । अहिले भने त्यस्तो छैन् । विस्तारै गाउँपालिकाको मुहार फेरिन थालेको प्रत्यक्ष अनूभुति हुन्छ । विजयनगर गाउँपालिका जोड्ने बाटो पक्की बन्दै छ । आरटिओ रोड पक्की बनाउने काम जारी छ ।  हुलाकी सडक पनि पक्की बनाउनका लागि टेण्डर आह्वान भैसकेको छ । यी तीन सडकले सिंगो गाउँपालिकाको मुहार फेर्नेमा सबै विश्वस्त छन् ।

विकास निर्माणका अरु कामहरु पनि धमाधम भैरहदा गाउँपालिकालाई विकसित बनाउनका लागि जनप्रतिनिधिको भिजन के छ ? बजेट कार्यान्वनको क्षेत्र कसरी अगाडि बढेको छ । र, पाँच बर्ष भित्र गाउँपालिका कस्तो हुन सक्ला ? यही विषयमा आधारित रहेको मायादेवी टिभीको कार्यक्रम स्थानीय विकासका लागि विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापासंग कुराकानी गरेका छौं ।

प्रतिक्रिया दिनुहोस