२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सवारी दुर्घटनामा थापाको मृत्यु



पर्वत ।
पर्वतको मोदी गाउँपालिका २ पातिचौरमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन्। पोखराबाट बागलुङतर्फ आउँदै गरेका थापाले चलाएको ग ९ प ७७३७ नं। को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ६३५२ नं। को यात्रुवाहक बस पातिचौरमा आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको भए पनि बाटोमा नै मृत्यु भएको हो। प्रहरीले बस र बसका चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ५ असार २०७६ बिहिबार ००:००  ६ : २३ बजे