१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

‘पेपरलेस’मा जादै छौं, अब जनताको काम सहज हुन्छ : शेषकान्त पौडेल (भिडियो)



शेषकान्त पौडेल । शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत । स्थानीय तहको चुनाव हुनुभन्दा पहिलानै नगरपालिकाको कार्यकारी प्रमुख भएर काम गरिसक्नुभएका पौडेल अहिले पनि हुनुहुन्छ । जनतासंग सजिलै घुलमिल हुन सक्ने पौडेलसंग विकास निर्माण भन्दा सेवाप्रवाहका सवालमा बढी केन्द्रित भएर कुराकानी गरेका छौं ।
नगरपालिकाबाट प्रदान गरिने सेवाप्रवाहमा शिवराज तुलनात्मक रुपमा अरु भन्दा राम्रो छ । जनताको सेवाप्रति जनप्रतिनिधि र कर्मचारी अलि बढी सजग भएको अनूभुति हुने गर्छ । आधुनिक प्रविधिको प्रयोग गरी जनताको सेवालाई सहज बनाउने काममा लागेको नगरपालिका पेपरलेस बनाउने अभियानमा छ । यो आवबाट पेपरलेस गराई जनताको सेवालाई चुस्तदुरुस्त बनाउने नगरपालिकाले जनाएको छ ।
प्रशासनमा लामो समय काम गरेको अनूभुति सम्हाल्नुभएका पौडेलसंग सेवाप्रवाहका बिषयमा कुराकानी गर्दा निकै उत्साहित हुनुभयो । कर्मचारीले जनताको सेवा प्रवाह कसरी गरेका छन् ? सीसी क्यामेराबाट हरेक दिन निगरानी गर्ने पौडेलले बताउनुभयो । बेला बेला कर्मचारीलाई राखेर सेवा प्रवाहका विषयमा ध्यानाकर्षण गराउदै आएको पनि उहाँको भनाई थियो ।
(थप भिडियो हेर्नुस)

प्रकाशित मिति : ६ असार २०७६ शुक्रबार ००:००  ८ : ५० बजे