२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

संगीतमा रमाउँदा क्यान्सरको पीडा कम : वैज्ञानिक



एजेन्सी ।

दिनहुँ ३० मिनेट संगीतमा रमाउँदा क्यान्सर रोगीको पीडा कम हुने ताइवानका वैज्ञानिकले पत्ता लगाएका छन् । अनुसन्धानकर्ताका अनुसार क्यान्सर रोगीले गीत सुन्दा मस्तिष्कमा एक प्रकारको रसायन जाग्छ । त्यसपछि खुसी र सकारात्मक सोच जगाउन मद्दत गर्छ ।

ताइवानको युआन्स जनरल अस्पतालमा भएको खोजअनुसार क्यान्सर उपचारका क्रममा बिरामीले धेरै सकस र दुखाइ सहनुपर्छ । यस्तो अवस्थामा दिनको ३० मिनेट संगीत सुन्दा मस्तिष्कबाट एंडोर्फिन, डोपामाइन र सेरोटोनिन जस्ता हार्मोन कमजोर हुन्छन् र बिरामीलाई खुसी महसुस हुन्छ ।

शास्त्रीय र धार्मिक संगीतको फाइदा

संगीत धेरै प्रकारका हुन्छन्  शास्त्रीय र धार्मिक संगीत सुन्दा क्यान्सर रोगीलाई फाइदा हुन्छ। अनुसन्धानकर्ताका अनुसार ब्रेस्ट क्यान्सर पीडित ६० महिलालाई प्राकृतिक संगीत अर्थात् नदीको पानीको आवाज सुनाइएको थियो । यसबाट कुनै राम्रो असर हुन सकेन । तर शास्त्रीय र धार्मिक संगीतको प्रयोगले बिरामीमा उत्साह र खुसी देखियो ।

शोधकर्ता डा. फेंगजीका अनुसार ब्रिटेनमा हरेक वर्ष तीन लाख ६० हजार र अमेरिकामा १८ लाख क्यान्सर रोगीको उपचार हुन्छ । यस्ता रोगीको जीवन राम्रो र खुसी बनाउन संगीतको प्रमुख भूमिका हुन्छ ।

प्रकाशित मिति : ७ असार २०७६ शनिबार ००:००  ९ : ४२ बजे