९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सि एण्ड सि हस्पिटलमा निशुल्क पाठेघर परिक्षण, सय बढीले सेवा लिए



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा रहेको सि एण्ड सि हस्पिटलमा निशुल्क पाठेघर परिक्षण शिविर सम्पन्न भएको छ । कपिलवस्तु इण्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज(किड्स) सि एण्ड सि हस्पिटलको आयोजना तथा पिएस आई नेपालको सहयोगमा शिविर सम्पन्न भएको हो । सम्पन्न शिविरबाट एक सय बढी पाठेघरका विरामीले स्वास्थ्य सेवा लिएका छन् । जसमध्ये ४० जनाले भिडियो एक्सरेको निशुल्क सेवा लिएका छन् भने मृगौलाको पत्थरी, पाठेघर सुन्निएको, पाठेघरमा मासु पलाएको लगायतका विरामीहरुले पनि सेवा लिएका सि एण्ड सि हस्पिटलका प्रमुख गोपाल घिमिरेले बताउनु भयो । हस्पिटलका फिजिशियन डाक्टर प्रकाश पुन लगायतका अनुभवी स्वास्थ्य कर्मीको टोलीले महिलाका पाठेघर सम्बन्धि समस्याको परिक्षण गरी आवश्यक परामर्श दिनुभएको थियो । यस्तै महिनाबारी गडबडी, रक्तश्राव र डिप्रेसनका विरामीले पनि स्वास्थ्य लाभ लिएका छन् भने पित्तथैलीका विरामीहरुलाई पनि पत्तथरी सम्बन्धि परामर्श दिइएको छ । अस्पत्तालले जिल्ला भित्र तथा बाहिर गरी अहिलेसम्म करिब २ दर्जन बढी स्थानमा स्वास्थ्य सम्बन्धि निशुल्ल शिबिरहरु संचालन गरिसकेको छ । नीजि हस्पिटल तथा क्लिनिकहरु केवल नाफामूलक मात्र हुन्छन् सेवामुखी हुँदैनन् भन्ने धारणालाई चिर्न आफूले यो अभियान चलाएको अस्पत्तालका संचालक गोपाल घिमिरले बताउनु भयो । अझै पनि जिल्लाका धेरै स्थानमा यस्ता शिविर निशुल्क संचालन गर्ने र शिविरमा स्वास्थ्य परिक्षण गराएकाहरुलाई अन्य समयमा पनि हस्पिटलमा विशेष छुटको व्यवस्था मिलाएको घिमिरले बताउनु भयो ।

प्रकाशित मिति : ७ असार २०७६ शनिबार ००:००  ६ : ५२ बजे