७ असार २०८३, आइतबार | Sun Jun 21 2026

क्रिकेटबाट संन्यास लिँदै क्रिकेटर क्रिस गेल



एजेन्सी ।
चर्चित क्रिकेटर तथा व्याट्सम्यान क्रिस गेललाई नचिन्ने सायदै खेलप्रेमी होलान्। उनका प्रशंसक विश्वभरी नै छन्। तर प्रशसंकहरूका लागि दुःखको खबर छ। अब गेलले क्रिकेटबाट संन्यास लिने भएका छन्। गेलले भारतसँगको अगस्ट र सेप्टेम्बरमा हुने टेस्ट र वन डे सिरिजपश्चात् संन्यास लिन चाहेको बताइएको छ।
तर योभन्दा पहिले उनी विश्वकपपश्चात नै संन्यास लिने चाहेका थिए। तर उनले अन्तिम खेल भारतविरुद्ध पश्चात सन्यास लिने भएका छन्। ३९ वर्षीय गेलले आफ्नो अन्तिम खेल विश्वकप हुने बताएका थिए। बुधबार बेलुका संचारकर्मीसगँ बोल्दै उनले आफ्नो संन्यास लिने बेला आएको बताएका हुन्। संन्यासपश्चात कसरी अगाडि बढ्नुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा गेलले संन्यास नै जीवनको अन्त्य नभएको बताए।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  ४ : ०१ बजे