२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाण्डौ ।
एक दिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने बेलुकी सवा ६ बजे अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्नेछन् ।
आजको खेल जितेर पाकिस्तान सेमिफाइनलमा स्थान बनाउने दौडमा रहनेछ । यसपछि पाकिस्तानले बंगलादेशसँग खेल्नेछ ।
जारी प्रतियोगितामा जितबिहीन रहेको अफगानिस्तान घर फर्कनुअघि एक जित दर्ता गर्न चाहन्छ । पाकिस्तान ७ खेलबाट ७ अंक सहित अंकतालिकाको छैठौँ स्थानमा छ भने अंकबिहीन अफगानिस्तान पुछारमा छ ।
त्यस्तै ७ खेलबाट १२ अंक बटुल्दै शीर्ष स्थानमा रहेको अष्ट्रेलिया र ७ खेलबाट ११ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको न्युजिल्याण्डबीचको खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  १ : ५१ बजे