२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विश्वकप क्रिकेटमा पाकिस्तान सेमिफाइनलमा



एजेन्सी । पाकिस्तानले १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष चारमा स्थान बनाएको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल प्रवेशको यात्रालाई झनै बलियो बनाएको हो ।

हेडिङले कार्जी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २३० रन पूरा गर्‍यो । पाकिस्तानका लागि इमाव विशमले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल–हक ३६, हरिश सोनी २७, शर्फराज अहमेद १८, अहव रिज १५ र शाहव खानले ११ रनको योगदान गरे ।

बलिङतर्फ अफगानिस्तानका लागि मुजीब उ र्रहमान रमोहम्मद नाबीले समान दुई-दुई विकेट लिए । त्यस्तै रशिद खानले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन पूरा गर्‍यो ।

अफगानिस्तानका लागि अस्घर अफगान र नजिबउल्ला जद्रानले समान ४२–४२ रनको योगदान गरे । त्यस्तै रहमत शाह ३५, इकरम अलिखिल २४, शमिउल्लाह सिनवारी १९, मोहम्मद नइब १६ र गुल्बदीन नइब १५ रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै इमाद वसीम र इमद वशिमले सामन दुई–दुई विकेट लिए । पाकिस्तानका लागि शादाब खानले एक विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : ०५ बजे