२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

अष्ट्रेलियाको लय कायमै, न्यूजिल्याण्डमाथि ८६ रनको फराकिलो जित



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध सहज जित निकालेको छ । शनिबार भएको खेलमा न्युजिल्याण्डलाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले प्रतियोगितामा अफुलाई अझै बलियो सावित गरेहो हो ।

लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २४४ रनको मध्यम लक्ष्य पछएको न्युजिल्याण्डले ४३ ओभर ४ बलमा पूरै विकेट गुमाउँदै मात्र १५७ रन बनाएको हो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रनको योगदान गरे । ५१ बल खलेका उनले २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका हुन् ।

बम बम बम
त्यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गप्तिल २०, टोम लाथम १४ र मिचेल स्यान्टनर १२ रनको योगदान गरे । न्युजिल्याण्डका लागि अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न भने सकेनन् ।

अष्ट्रेलियाका लागि मिचल स्टाकले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जेसन बेरेनड्रफले दुई विकेट लिँदा प्याट कमिन्स, स्टिभ स्मिथ र नथान लायोनले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेग गुमाउँदै २४३ रन पूरा गरेको थियो । अष्ट्रेलियाका लागि उश्मान ख्वाजा र आलेक्स केर्येले अर्धशतकीय पारी खेले । १२९ बल खेलेका ख्वाजाले ५ चौकाको सहयोगमा ८८ रन बनाए । ७२ बल खेलेका आलेक्सले ११ चौकाको सहयोगमा ७१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले नट आउट २३ रन जोड्दा मार्कस स्टोइनिस २१ र डेभिड वार्नर १६ रन जोडे ।

बलिङतर्फ न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए । त्यस्तै ल्युक फर्गुसन र जिम्मी निशमले समान दुई–दुई विकेट लिए । न्युजिल्याण्डका लागि केन विलियम्सनले एक विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : ०७ बजे