६ असार २०८३, शनिबार | Sun Jun 21 2026

टी -२०विश्वकप छनोटका लागि नेपाली टोली घोषणा को को परे टिममा ?



काठमाडौँ ।
सिंगापुरमा हुने आइसिसी टी २० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। प्रतियोगिता साउन ६-१२ गतेसम्म सन्चालन हुँदै छ।

छनोट प्रतियोगितामा नेपालसहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विजेता टोली मात्र विश्वस्तरको छनोटमा पुग्ने छ। प्रतियोगितामा नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुने छ।

नेपाली टोलीमा पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्।
क्षेत्रीय छनोटबाट गएका ६ टोली र गत विश्वकप खेलमध्ये ८ टोलीसहित १४ टोलीले विश्वस्तरको छनोटमा प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताको शीर्ष ६ टोली विश्वकपमा छनोट हुनेछन्।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  २ : ४९ बजे