२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भद्रपुर बासिन्दाले बाटोमा रोपे धान



विर्तामोड ।
झापाको विर्तामोडस्थित भद्रपुर रोडमा स्थानीय बासिन्दाले सडकमै धान रोपेका छन् । सदरमुकाम भद्रपुर जाने सडक महिनौंदेखि जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले सडकमा धान रोपेर आक्रोस पोखेका हुन् ।

आइतबार बिहान उनीहरु सडमै धान रोपेका हुन् । विगत लामो समयदेखि भद्रपुर रोड हिँडिनसक्नु भएकाले सरकारको कामलाई व्यंग गर्दै सडकमा धान रोपिएको भद्रपुर रोडका बासिन्दा तथा पत्रकार सन्तोष अग्रवालले बताए । सडकमा धान रोपेपछि उनीहरुले दही चिउरा पनि खाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  २ : ५४ बजे