१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

असारको मध्य हुँदा पनि मनसुन सक्रिय भएन, अझै तीन चार दिन पानी नपर्ने



काठमाडौं ।
मनसुन सक्रिया नहुँदा देशभर गर्मी बढेको छ। तीन दिन यता मनसुनी वायु सक्रिय हुन नसक्दा ठूलो पानी परेको छैन्। पानी नपर्दा तापक्रम केही बढेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभुती पोखरेलले अझै तिन चार दिनसम्म मनसुन सक्रिय हुन नसक्ने बताइन्। प्रायः जुन १० मा भित्रिने मनसुन यसपटक १० दिन ढिला गरी भित्रिएको थियो। एकसातामा देशैभर सक्रिय हुने मनसुन भित्रिएको दुई सातामा पनि सक्रिय हुन नसकेको हो। मनसुनी वायु भारततर्फ सक्रिय भएकाले नेपालमा कमजोर बनेको मौसविद पोखरेलको भनाइ छ। आज देशका अधिकांश स्थानको मौसम बद्ली हुने भएपनि पुर्वी, मध्य र पश्चिमका केहि स्थानमा हल्का तथा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०७६ बुधबार ००:००  ९ : १५ बजे