८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

घोराही उपमहानगर र यान सिटबिच भगिनी सम्बन्ध स्थापित



दाङ ।
प्रदेश नम्बर ५ दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित भएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा यान सिटीमा आयोजित एक कार्यक्रममा दुई नगरबिच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको छ। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सहरका उपप्रमुख काइह्युइ सङले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
प्रमुख नरूलालले घोराही उपमहानगरपालिका कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको बताए।
यानका मेयर जीन जोउले यान सिटी पानी, माछा, चिया, पाण्डाका लागि यान प्रसिद्ध रहेको भन्दै स्वास्थ्यमा नेपाललाई सहयोग गर्न सक्ने बताए।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा यही जेठ १६ गते सोमबार चीन गएका मन्त्री शंकर पोखरेलसहितको टोली असार २५ गते स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  २ : ३८ बजे