२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पश्चिम नेपालका नदीमा बाढीको सम्भावना, सचेत रहन आग्रह 



काठमाडौं ।

आज देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन बाढी पुर्वानुमान विभागले आग्रह गरेको छ। एक सूचना जारी गर्दै विभागले पश्चिम नेपालका डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, वर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।

साथै विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ। आज, भोली र पर्सी प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताएको छ।  पर्सी बाट भने प्रदेश १, प्रदेश ३ र प्रदेश ५ को धेरै स्थानहरूमा भारी बर्षाको संभावना रहेकाले ती क्षेत्रका खोलानालाहरूमा आकस्मिक बाढी आउने पुर्वानुमान छ। कन्काई, मेची, बिरिङ, निन्दा लगायतका नदीमा उच्च बाढी आउन सक्ने विभागले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७६ शनिबार ००:००  १ : ०२ बजे