६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्युठानमा जिप दुर्घटना चालकको मृत्यु



प्युठान ।
सरुमारानी गाउँपालिका–४ सालडाँडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार बिहान रोल्पाको सुलिचौरबाट भालुवाङतर्फ जाँदै गरेको पाण्डेश्वरी यातायात प्रालिको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा चालक प्युठान नगरपालिका–१ दाखाक्वाडीका ३३ वर्षीय चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। प्रहरीका अनुसार गाडीमा चालक मात्र थिए। घटनाको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७६ शनिबार ००:००  १ : १२ बजे