६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

मदन पुरस्कारका लागि सात कृति भए छनोट



काठमाडौं ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७५ का लागि सात कृति छनोट गरेको छ। छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन्।

पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिले सात कृतिको नाम सार्वजनिक गरेको हो। छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ। साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति : २५ असार २०७६ बुधबार ००:००  ५ : ३३ बजे